काठमाडौँ– एसके ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजित मिस एण्ड मिसेस ईण्डिजिनियस–२०२१ सिजन–२ को उपाधि नम्रता तामाङ र आशा थापाले जित्न सफल भएका छन् ।


ADVERTISEMENT


विवाहित तथा अविवाहित आदिवासी जनजातीबीच भएको उक्त प्रतिस्पर्धामा तामाङ र थापा अन्य प्रतिस्पर्धीलाई हराउँदै उपाधि आफ्नो हात पार्न सफल भएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी मिसेस ईण्डिजिनियस–२०२१ तर्फ फर्स्ट रनरअप, भ्युअर्स च्वाइस सिता तामाङ, सेकेन्ड रनरअप लक्ष्मी गुरुङ, थर्ड रनरअप निरु राइ, अर्गनाइजर च्वाईस क्रिष्टिना आले मगर, पब्लिक चवाइस शान्ता तामाङ, पपुलर रुपा थापा मगर, पर्सनालिटी सिता तामाङ, कन्फिडेण्ट सपना तामाङ लोप्चन, बेष्ट वाल्क शान्ता तामाङ, बेष्ट स्माईल रुपा थापा मगर, फोटोजेनिक र ट्यालेन्ट आशा थापा, डिसिप्लिन पायल गहतराज, पंचुअल र फ्रेण्ड्लि लक्ष्मी गुरुङ, बेस्ट सकिन निरु राइ, बेष्ट हेयर रेखा गुरुङ र इनोसेन्ट सुशिता तामाङले जित्न सफल भएका छन् ।

यस्तै,  मिस ईण्डिजिनियस–२०२१ तर्फ फर्स्ट रनरअप, पंचुअल, भ्युअर्स चवाइस र पब्लिक च्वाईस बिमिशा गुरुङ, सेकेन्ड रनरअप मुना बुढामगर, थर्ड रनरअप सबिना गुरुङ, अर्गनाईजर च्वाईस गीता मगर, पपुलर मुना बुढामगर बेष्ट वाल्क सबिना गुरुङ, बेष्ट स्माइल रशिला तामाङ, फोटोजेनिक सबिना गुरुङ, ट्यालेन्ट शान्ति गुरुङ, डिसिप्लिन प्रिया खनाल, स्कीन रेनुका तामाङ, बेष्ट हेयर लक्ष्मी चौधरी,फ्रेन्डली मिना राइ र इनोसेन्ट गीता मगरले सब टाइटल जित्न सफल भएका छन् । विजेताहरुले नगद पुरस्कार सहित ट्रफी, क्राउन लगायत अन्य गिफ्टहरु समेत पाउन सफल भएका थिए ।

उक्त प्रतियोगिता महिलाको व्यक्तित्व विकास गर्दै उनीहरुलाई सशक्तीकरणमा अग्रसर गराउन मद्दत मिल्ने गतिलो प्लाटफर्मको रुपमा रहेको आयोजक शान्ता तामाङले बताइन् । प्रतियोगीहरुले ‘आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्माविश्वास बढाएर भोलिको दिनमा टे«निङ्गबाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य हो’, उनले भनिन् ।

आदिबासी जनजातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एवम् रहन–सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित आदिबासी जनजाति, गृहिणी र व्यवसायिक महिला दिदिबहिनि मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने ध्येयले आयोजना गरिएको ‘मिस एण्ड मिसेस ईण्डिजिनियस–२०२१ सिजन–२’ समग्र जनजातिहरुको पहिचान बनाउने उद्देश्य रहेको तामाङले बताइन् । यस प्रतियोगीताले विवाहित तथा अविवाहित आदिबासी जनजातिबीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनको दाबी छ ।

प्रमुख अतिथिमा बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङको प्रमुख आतिथ्यतामा काठमाडौँमा सम्पन्न भएको उक्त प्रतियोगितामा विशेष अतिथिका रुपमा पूर्व राज्य मन्त्रि पर्शुराम तामाङ, प्रदेश सभासद माननीय प्रकाश चन्द्र दवाडी, मन कुमारी गुरुङलगायतको उपस्थिती रहेको थियो भने, निर्णायक मण्डलमा लोकप्रिय नायिका संचिता लुइटेल, रमला पाख्रिन, रोशन फ्युबा, जगत बराम, केशब थापा, सुमना गुरुङ, गायक निर्णय श्रेष्ठ र टेकराज पाण्डे रहेका थिए ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराईएको थियो भने उक्त प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् ।