काठमाडौँ – नेपालमा सोमबार थप २ हजार २ सय ९५ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ११ हजार ८ सय ९२ पीसीआर परीक्षणका क्रममा १ हजार ९ सय २ र ४ हजार ३ सय ४१ एन्टीजेन परीक्षणका क्रममा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमतिको संख्या ८ लाख ४४ हजार ४ सय ८८ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ७ सय ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ८ सय ८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख १४ हजार ५२० संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ३५ लाख ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशन र ३३८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६ हजार २९ वटा पीसीआर र ४ लाख ६५ हजार ८४० वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ रासस