काठमाडौँ – कृषिप्रधान मुलुक भनेर प्राथमिक तहका पाठ्यपुस्तकदेखि नै पढाइने नेपालको कृषि उत्पादन भने दयनीय छ ।


ADVERTISEMENT


दैनिक उपभोग्य खाद्यान्न समेत आयातमा भर पर्नुपर्ने स्थिति नेपालको देखिन्छ ।


ADVERTISEMENT

# # #


भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार एक महीनामा मात्रै नेपालमा ७ अर्ब ७५ करोडको धान, चामल, मकै र तोरी आयात भएको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को साउन महीनामा मात्रै हामीले २ अर्ब ५५ करोडको चामल, २ अर्बको मकै, १ अर्ब ६६ करोडको तोरी, १ अर्ब १४ करोडको धान आयात गरेका छौँ ।

यस अवधिमा नेपालबाट २० अर्ब ७६ करोडको निर्यात भएकोमा आयात भने एक खर्ब ५० अर्ब पुगेको छ ।