विराटनगर– दोस्रोचरणको निर्वाचन अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मोरङमा उन्नाइसवटा राजनीतिक दल र स्वतन्त्र गरी ६७ जना चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।


ADVERTISEMENT


मोरङको क्षेत्र नं ३ बाट सबैभन्दा बढी १५ जना र क्षेत्र नं ५ बाट सबैभन्दा कम सात जनाले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नं २ मा १२ जना छन् भने ११ जना उम्मेदवारी दर्ता गर्ने क्षेत्रमा १,४, र ६ रहेका छन् । छवटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा सदस्यका लागि ६७ जनामा नयाँ शक्ति पार्टीबाट एक र दुई स्वतन्त्र गरी तीन महिला चुनावी मैदानमा उत्रिएका छन् ।


ADVERTISEMENT

# # #


नयाँ शक्ति पार्टीले क्षेत्र नं ६ बाट महिला उम्मेदवार उतारेको हो । छवटै निर्वाचन क्षेत्रवाट नेपाली काङग्रसले मात्र उम्मेद्वारी दिएको छ भने वामगठबन्धनको तर्फबाट नेकपा(एमाले)ले चार र नेकपा(माओवादी केन्द्र)ले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको हो

क्षेत्र नं १ बाहेक पाँच स्थानमा उम्मेदवारी दर्ता गराउने तीन पार्टी संघीय समाजवादी जनगणतान्त्रिक मोर्चा, नेपाल र नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) छन् । चार स्थानमा उम्मेदवारी दर्ता गराउने पार्टीको संख्या पाँच छ ।
नेकपा एमालेले क्षेत्र नं, १, २, ३ र ६, नयाँ शक्ति पार्टीले १, २, ४ र ६, नेपाल मजदुर किसान पार्टीले २,३,४ र ६, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च नेपालले १,२,३ र ६, एकीकृत राप्रपा (राष्ट्रवादी)ले २,४, ५ र ६ नं क्षेत्रमा उम्मेदवार उतारेका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशन पार्टीले मोरङको १, ३ र ६ गरी तीनवटा क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा (माओवादी केन्द्र)ले ४ र ५मा, राष्ट्रिय जनमोर्चाले २ र ३ मा उम्मेदवारी दिएको छ । मोरङको एक स्थानमा मात्र उम्मेदवारी दिएका दलमा क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गर्ने दलमा नेपाल संघीय समाजवादी पार्टी, जनप्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी छन् ।

त्यस्तै, क्षेत्र नं ३ बाट नेकपा(माले), क्षेत्र नं ४ बाट विवेकशील साझा पार्टी, देशभक्त लोकतान्त्रिक पार्टी र क्षेत्र नं ६ बाट नेपाली काँग्रेस (बिपी)ले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै ११ जनाले विभिन्न क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।