काठमाडौँ – नेपाली सेनाका कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माले प्रधान सेनापतिको नियुक्तिपत्र पाएका छन् । उनलाई बुधबार आयोजित एक कार्यक्रममा रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन् ।


ADVERTISEMENT


शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन २६ गते कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी प्रदान गरेकी थिइन् । त्यसपश्चात मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


नेपाली सेनाका पि.एसओज. रथीहरु तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा रक्षा सचिव पौड्यालले प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

तस्बिर : नेपाली सेना