काठमाडौँ – काठमाडौँ उपत्यकामा अब सिनेमा हल र दोहोरी साँझहरु पनि खुल्ने भएका छन् । बुधबार काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पाँच महिनादेखिको निषेधाज्ञालाई अन्त्य गर्दै सिनेमा हल, दोहोरी साँझ तथा रात्रीकालीन व्यवसायलाई समेत खुला गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


मातहत मन्त्रालहरुको प्रोटोकलको आधारमा रही सिनेमा हल र दोहोरी साँझ तथा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काली प्रसाद पराजुलीले बताए । उनका अनुसार सिनेमा हल गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डहरु पालना गर्नुपर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


विद्यालयको हकमा स्थानीय तहले डीसीसीएमसीसँगको समन्वयमा सञ्चालन गर्नसक्ने छन् । यद्दपी बालबालिकाका लागि खोप नआइसकेको र उच्च जोखिममा रहेकाले भौतिक उपस्थितिलाई निरुत्साहित गरिने सीडीओ पराजुलीले बताए ।