तनहुँ – तनहुँमा एक वर्षमा २० हजार सवारी कारवाहीमा परेका छन् ।


ADVERTISEMENT


नियम उल्लङ्घन गरी सवारी चलाउने २० हजार सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३१ लाख २३ हजार ५०० राजस्व सङ्कलन गरिएको छ ।


ADVERTISEMENT

# # #


कारबाहीमा पर्नेमा पाँच हजार ७४५ ट्रक/टिपर, एक हजार ८१८ बस, चार हजार ७३ कार÷जिप, एक हजार ५८७ ट्र्याक्टर, ११३ अन्य र छ हजार ६४६ मोटरसाइकल/स्कुटर छन् । कारबाहीमा पर्नेमा पनि दुई पाङ्ग्रे सवारी अत्यधिक छन् । मोटरसाइकल/स्कुटर कारबाहीबाट मात्रै रु ४६ लाख ७९ हजार ५०० राजस्व सङ्कलन गरिएको सो कार्यालयले जनाएको छ ।

आव २०७६/७७ मा २१ हजार १५० सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको थियो । त्यस्तै २०७५/७६ मा २६ हजार ६४६ सवारी साधनलाई कारबाही गर्दा रु एक करोड ६६ लाख ९४ हजार ५०० राजस्व सङ्कलन गरिएको थियो । रासस