काठमाडोँ– काठमाडौँ महानगरपालिकाले अर्काे हप्तादेखि विद्यालयहरु खोल्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


उपत्यकाका तीन प्रशासनको बुधवार बसेको बैठकले स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सकिने जनाएसंगै महानगरले भौतिक रुपमै विद्यालय सञ्चालनको तयारी थालेको हो ।


ADVERTISEMENT

# # #


शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउँदो हप्तादेखि विद्यालय खोल्ने तयारी भइरहेको महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले जनाएका छन् ।स्वास्थ्य सुरक्षाका मापदण्डलाई ध्यानमा दिदैँ विद्यालय सञ्चालन गरिने उनले बताए ।

कोभिड–१९ को दोस्रो लहरको जोखिम नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको थियो । यससंगै अत्यावश्यक सेवा प्रवाहका बाहेकका लागि ‘वर्क फ्रम होम’ निति अपनाउन अनुरोध गर्दै सरकारले विद्यालयहरुलाई अनलाईनको माध्यमबाट पाठ्यक्रमहरु सञ्चालन गर्न निर्देशन दिएको थियो ।

तर, बुधबार बेलुकीबाट विगत ५ महिनादेखि जारी निषेधाज्ञा अन्त्य गर्दै जिल्ला प्रशासनले हाल काठमाडौँमा आदेश मात्रै जारी गरेको जानकारी दिएको छ । जसअन्र्तगत अन्य निषेधलाई बदर गर्दै शैक्षिक कार्यक्रमअन्र्तगत भने प्रशासनले भौतिक उपस्थितीलाई सकेसम्म प्राथमिकता नदिने तर, गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सकिने उल्लेख गरेको छ ।