काठमाडौँ– नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।


ADVERTISEMENT

# # #


लामो समयसम्म गृहसचिव रहेका उनी एक कुशल प्रशासकका रूपमा चिनिन्छन् । उनका प्रशासन सुधारसम्बन्धी थुप्रै लेख, रचना तथा अन्तर्वार्ताहरु प्रकाशन, प्रसारण भएका छन् ।

उनको श्रीमती र दुई छोरा छन्। छोरा विदेशमा रहेकाले उनी स्वदेश फर्केपछि मात्रै अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । रासस