काठमाडौँ – भारतविरुद्धको मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० गोलले अग्रता लिएको छ । अन्जनले खेलको ३६ औं मिनेटमा गोल गरेका हुन् ।


ADVERTISEMENT


नेपाल र भारतबीच अर्को खेल आइतबार हुनेछ । दुईवटै टोलीले मैत्रीपूर्ण खेललाई आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका रुपमा हेरेका छन् ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पनि पहिलो हाफमा भारतविरुद्ध आक्रमक खेल खेलेको थियो ।

रंगशालामा केही दर्शकलाई उपस्थिति दिइएको छ । यद्दपी दर्शकले कोरोनाविरुद्धको दुईवटै डोज खोप लगाएको वा पीसीआर परीक्षण अनिवार्य गरिएको छ ।