काठमाडौँ– छिमेकी मुलुक भारतले नेपाललाई नेरु ४ सय २० करोड अनुदान सहयोग गर्ने भएको छ । नेपाल–भारत सहकार्य अन्र्तगत भारतले नेपाललाई सो रकम अनुदानस्वरुप सहयोग गर्न लागेको हो ।


ADVERTISEMENT


उक्त अनुदान सहयोगी रकमबाट वि.सं २०७२ को भुकम्पका कारण क्षतिग्रस्त नेपालका १४ वटा सांस्कृतिक सम्पदा परियोजना र १०३ वटा स्वास्थ्य परियोजनाको पुनर्निर्माण गरिने सम्झौता भएको भारतीय दूतावास जनाएको छ ।


ADVERTISEMENT

# # #


यसका लागि भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईबीच सम्झौता समेत भएको छ । शुक्रबार एक समारोहबीच विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक श्याम किशोर सिंहको उपस्थितिमा दुवै पक्षले हस्ताक्षर गरेका छन् ।

सो अनुदान अन्र्तगत ललितपुर, नुवाकोट, रसुवा र धादिङ्ग जिल्लामा १४ वटा सांस्कृतिक सम्पदा परियोजना तथा ललितपुर, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, गुल्मी, गोरखा र काभ्रे जिल्लामा १०३ वटा स्वास्थ्य परियोजनाका पुनर्निर्माणका गरिन लागेको हो ।

उक्त कार्यक्रममा भारतीय राजदूतावास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारीहरु तथा भारत सरकारको परियोजना परामर्शदाता INTACH र CBRI का प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।