काठमाडौँ – हिन्दू नारीहरुको महान चाँड हरितालिका तीजको अवसरमा ह्याम्स अस्पतालले महिलाहरुका लागि विशेष अफर ल्याएको छ ।


ADVERTISEMENT


‘ह्याम्स तीज वेलनेस प्याकेज’ नामको उक्त अफर अन्तर्गत ‘होल बडी चेकअप’ गर्दा महिलाहरुले ५० प्रतिशत छुट पाउने छन् । नियमित १६ हजार ६१० रुपैयाँ पर्ने उक्त प्याकेज ५० प्रतिशत छुटसहित अब ८ हजार ३०५ रुपैयाँमै प्राप्त हुने अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


उक्त प्याकेज अन्तर्गत चेकअपमा सुगर फास्टिङ, सीबीसी, क्रिएटिनिन्, लिपिड प्रोफाइल, एचवीएवानसी, क्याल्सियम, युरिक एसिड, ईसीजी, छातीको एक्स–रे, यूसीजी, यूसीजी ब्रेस्ट, गाइनो कन्सल्टेन्ट, डेन्टल चेकअप लगायतका थुप्रै सुविधा पाइने छ ।

अस्पतालका अनुसार आज (शुक्रबार)देखि सुरु भएको उक्त अफर भाद्र ३० गतेसम्म लागू हनेछ । सस्तो मूल्यमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै आएको अस्पतालले यसअघि बिरामीहरुका लागि पनि विभिन्न किसिमका अफरहरु ल्याउँदै आएको थियो ।