काठमाडौं । नेपाली कांग्रेसको शशक्त भातृ संस्था नेपाल बिधार्थी संघले कम्युनिष्ट गठबन्धन अधिनायकबाद लाद्दे प्रपञ्च हो भन्दै देशभरी अभियान थाल्ने भएको छ । नेविसंघले चार लाख भन्दा बढी युवा त्रियाशिल बनाउन केन्द्रीय प्रतिनिधि पठाएर अभियान थाल्ने भएको हो ।


ADVERTISEMENT


देशभरका ७ सय ५३ पालिका, ३ सय ३० प्रदेश सभा र १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र सबैमा प्रचार प्रसार तथा चुनाव परिचालन कमिटी र जिल्ला तथा क्याम्पसहरुमा समेत प्रचार कमिटी गठन गरेर देशव्यापी रुपमा सदस्यता वितरण, चुनाबी सभा, प्रशिक्षण कार्यक्रम, घोषणा पत्र वितरण, प्रचार सामग्री वितरण र घरदैलो कार्यक्रम गर्ने तयारी छ । कांग्रेसलाई विजयी गराउन संघको सम्पूर्ण शक्ति कृयाशिल गरेर चार लाख बढी नेविसंघका नेता कार्यकर्ता नेपाली कांग्रेस जिताउने अभियानमा सक्रिय हुने अध्यक्ष नैनसिंह महरले हिमालय पोष्टलाई जानकारी गराएका छन् ।


ADVERTISEMENT

# # #


कार्तिक २० गते देखि शुरु हुने अभियानका लागि सम्बन्धित जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी, तथा सदस्यहरु र खाली ८ जिल्लामा सम्बन्धित प्रदेशको उपाध्यक्ष र सहमहामन्त्री संयुक्त रुपमा केन्द्रीय प्रतिनिधिको रुपमा पठाईएको बताईएको छ ।
केन्दीय प्रतिनिधिले सम्बन्धित क्षेत्रमा कांग्रेसका उमेद्वारहरुको समन्वयमा प्रचार कमिटि गठन देखि अन्य चुनावी गतिबिधि संचालन गर्ने र हरेक साताको शनिवार त्यसको प्रतिबेदन पार्टी र नेविसंघ केन्द्रमा बुझाउनुपर्ने व्यवस्था गरिएको मूख्य सचिव डिल्लि राज हमालले बताए ।

बिश्व कम्युनिष्टको ईतिहांस धब्बै धब्बा र नृसंस हत्या हिंसाले घेरिएकोले सम्भावित कम्युनिष्ट अधिनायकबादको खतरा रोक्न प्रत्येक निर्वाचनका बुथहरुम ५० युवा स्वयंसेवी बनेर मतदान र जनताको सुरक्षामा सहयोग गर्ने नेविसंघका उपाध्यक्ष प्रकाश रानाले प्रष्ट पारे ।

गत असोज ३१ गते देशैभरका क्याम्पस ईकाई, स्वबीयु सभापति, क्षेत्रीय – जिल्ला अध्यक्ष, निवर्तमान केन्द्रीय समिति , वर्तमान केन्द्रीय समिति र अन्य अगुवा कार्यकर्ता गरि १५ सय भन्दा बढी सहभागी गराएर राष्ट्रिय रणनीतिक प्रशिक्षणको नामले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका बरिष्ठ नेताहरु, समेतले प्रशिक्षण मन्तब्य दिएर कम्युनिष्टहरु प्रजातन्त्र बिरोधी भएकाले लोकतन्त्रको संरक्षण र व्यक्ति स्वतन्त्रताका लागि देशभरी नै हरेक प्रकृतिको भण्डाफोर गर्नुपर्ने र नेपाली कांग्रेसको पक्षमा मत माग्न नेसंघ जुझारु भएर लाग्नुपर्ने निर्देशन दिएका थिए ।