काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पाँच पार्टी मिलेर बनेको देउवा सरकार केही दिनको पाहुना मात्रै रहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


सोमबार राष्ट्रिय युवा संघ नेपालको बृहत युवा भेलालाई सम्बोधन गर्दै उनले १४ महिनापछि हुने निर्वाचनपछि कसैले खोज्न नसक्ने गरी देउवा सरकार हराउने दाबी गरेका छन् । वर्तमान सरकार अवैध सम्बन्धहरुको उपज रहेकाले यसलाई चाँडै विदा गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यो सरकार अलि दिनको पाहुना हो । बलजफ्तीबाट, षड्यन्त्रबाट आएको पाहुना । यसलाई चाँडै विदा गर्नुपर्छ । छिटै विदा गर्न सकिएन भने हतारिनु पर्ने पनि छैन । २०७९ सालको मंसिरसम्मका चुनाव गर्नैपर्छ । अब १४ महिना बाँकी रह्यो । १५ औँ महिनामा त यो सरकार कसैले खोजेर पनि भेट्दैन ।’

कार्यक्रममा सहभागीतर्फ हेर्दै अध्यक्षले भने, ‘तपाईंहरु सत्नुभयो भने यस्ता सरकार बनिरहन्छन् । तपाईंहरु उठ्नु भयो भने जनताको सरकार बन्छ । देशभक्त सरकार बन्छ, प्रगतिशील सरकार बन्छ । गरिबी, अशिक्षा, बेरोजगारीका विरुद्ध लड्ने सकारकार बन्छ ।’