काठमाण्डौं-बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। पाको अल्कासरले दुई गोल गरेपछि स्पेनिस लिगमा शनिबार राति बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेभिललाई २–१ गोलले पन्छायो । वर्षाले प्रभावित खेलमा २४ वर्षीय फरवार्डले लिओनल मेसी र लुइस सुआरेजसँग खेल्दै निर्णायक दुई गोल गरेका थिए। उनले पहिलो गोल २३ मिनेटमा सुआरेजको लामो पासमा गरे ।


ADVERTISEMENT


सेभिलका गुइडो पिजारोले ५९ मिनेटमा खेललाई १–१ गोलको बराबरीमा ल्याएको अवस्थामा उनले त्यसको ६ मिनेटपछि नै गोल गरे । अल्कासरले ६५ मिनेटमा इभान राकिटिकको क्रसमा सुन्दर गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


गएरातिको खेलसँगै बार्सिलोना ११ खेलबाट ३१ अंक बटुल्दै लिगको शीर्षस्थानमा कायमै छ। उसलाई पछ्याइरहेको भेलेन्सियाको २७ अंक छ । लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड २३ अंक बटुलेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको २० अंक छ ।