काठमाण्डौं- चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लोखनाथमहानगरपालिका ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी घरभई हाल पोखरा ९ नागढुङ्गा बस्ने वर्ष १९ की गीता अर्यालको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको हो ।


ADVERTISEMENT


आक्रोशित मृतकका आफन्तले अस्पताल अगागि सडक बन्द गरी टायर बालेर चिकित्सक , अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजी गरे पछि प्रहरिले बल प्रयोग उनिहरुलाई तितर बितर पारेर बन्द सडक खुलाएको थियो । आन्दोलनका कारण अस्पताल वरिपरि दिनभर तनाबमय बनेको थियो । यस अघि आफन्तले मेडिकल कलेजमा तालाबन्दी समेत गरेका थिएभने लगतै प्रहरिले तालाबन्दी खुलाएको थियो । हाल अस्पताल परिसरमा प्रहरि परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


सुत्केरीको व्यथाले च्यापेपछि १० कात्तिकको बेलुका आफन्तसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुगेकी गीतालाई त्याहाँ शैय्या खाली नभएपछि गण्डकी मेडिकल कलेजमा पुगेकी थिइन । अर्यालको ११ कात्तिकमा अप्रेशन गरि छोरा जन्मिएको थियो । अप्रेशनपछि बच्चालाई सकुशल निकालएिको भएपनि आमा भने सोहीदिन देखि बेहोस भएकी थिइन । त्यसपछि उनलाई उपचारको लागि भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी उनलाई १७ गते शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

अर्यालका आफन्तले अप्रेसनका क्रममा उनको मृत्यु भएको र उपचारमा संलग्न चिकित्सककको लापरबाही लुकाउन अस्पतालले भेन्टिलेटरमा लगेर राखेको आरोप लगाएका छन् । अर्यालका जेठाजु राजन अर्यालले अप्रेसनपछि अस्पतालले आफूहरुलाई बिरामी भेट्न र बिरामीको अवस्थाका बारेमा समेत सामान्य जानकारी मात्र दिएर एक्कासी एक सातापछि मृत घोषणा गरेको बताए । अप्रेशन गर्दाकै समयमा बुहारिको मृत्यु भएको र एक हप्तासम्म बेहोस् भन्दै घटना लुकाएको उनको आरोप छ ।

‘अस्पतालले कहिले सुप, जाउलोसमेत मगाउथे हामिले लगेर दिन्थ्यौँ । तर कहिलेपनि हामीलाई हेर्न दिइएन’ जेठाजु अर्यालले भने । अप्रेसनकै क्रममा मृत्यु भएकार र अस्पतालले अन्तिममा सकिएन भन्नका लागि एक सातासम्म राखेको मृतकका परिवारको आरोप छ । अर्यालका अनुसार उपचारका क्रममा डाक्टरहरुले कहिले ज्वरो, प्रेसर र कहिले निमोनिया भन्दै एक सातासम्म दिनमा २५-४० हजारसम्म औषधि किन्न खर्च गराएको पनि बताए । आफन्तले दोषी चिकित्सकलाई कारबाही, बच्चाको संरक्षण र क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन । माग पुरा नभएसम्म शब नउठाउने मृतकका परिवारले चेतावनी दिए । डा. टीका गुरुङ र सन्दीप न्यौपानेसँग टीमले गिताको अप्रेशन गरेको र उनीहरुलाई सोधपुछका भेट्न खोज्दा अस्पताल प्रशासनले नदिएको मृतकका परिवारको गुनासो छ ।

कक्षा १२ मा पढ्दै गरेकी पर्वत लुंखुदेउराली माईत भएकी मृतक गीताको गत मंसिरमा बिहे भएको थियो । उनका श्रीमान् कृष्ण अर्याल हाल रोजगारीका सिलसिलामा युएईमा छन् । घटना बारे अस्पतला प्रशासनले उपचारका क्रममा आफहुरुको कुनै गल्ति नभएको बताएको छ । उनले अस्पतालको गल्ति कहाँनेर भयो सो पुष्टि गर्न मृतकका आफन्तलाई जवाफ फर्काको छ । अस्पताल र मृतकका आफन्तबीच आइतबार जिल्ला प्रशासन कार्यलय कास्कीमा छलफल हुने कास्की प्रहरीले जनाएको छ । – नयाँ पत्रिकाबाट