काठमाण्डौं-उपत्यकाबासीले मेलम्ची खानेपानीका लागि नयाँ बर्ष कुर्नपर्ने भएको छ । आगामी चैत्रसम्ममा आयोजनाको पूर्वाधार निर्माण सम्पन्न गरी नयाँ बर्षमा उपत्यकाका घर–घरमा पानी ल्याउने गरी तीव्र गतिमा काम भइरहेको आयोजनाका उप–कार्यकारी निर्देशक रमाकान्त तिवारीले जानकारी दिए । आयोजनाले गत असोजदेखि नै राजधानीमा पानी ल्याउने दावी गरेपनि पटक–पटक समय सर्दै गएको छ ।


ADVERTISEMENT


तिवारीका अनुसार सिन्धु–ग्यालथुम, ग्यालथुम–अम्बाथानसम्मको १२ सय मिटर मात्र बाँकी खन्न बाँकी छ । सिन्धुदेखि ग्यालथुम खण्डको केही भौगर्भिक अवस्था कमजोर भएकाले सोचेजति सुरुङ खन्न नसकिएको उहाँले बताए । सुन्दरीजलदेखि सिन्धुसम्म करिब ९ किमि सुरुङ खन्ने काम यसअघि नै सम्पन्न भइसकेको छ ।


ADVERTISEMENT

# # #


दैनिक १७ मिटर जति सुरुङ खन्ने काम भइरहेको उहाँले बताए। पुराना औजार, कमजोर तथा संवेदनशील भौगर्भिक अवस्थाको कारणले सुरुङ खन्न ढिलाइ भएको उहाँले उल्लेख गर्नुभयो । सिन्धु अडिटदेखि सुन्दरीजलसम्म सबभन्दा लामो सुरुङ खण्ड हो । सो सुरुङको ८५ प्रतिशत काम पूरा भइसकेको उहाँले बताए । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी ट्यांकीमार्फत उपत्यकाका जनतालाई समानुपातिक ढंगले वितरण गरिने लक्ष्य सरकारको छ ।