काठमाडौँ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा जित हात पारेको हो । बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाली महिला टोलीले बंगलादेशको महिला टोलीलाई २-१ गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


नेपालका लागि पहिलो गोल खेलको १४औँ मिनेटमा सविता रानाले गरिन् । यस्तै २३औँ मिनेटमा प्रिति राईले गोल थप्दै नेपाललाई पहिलो हाफमै २-० को अग्रता दिलाईन् । यद्दपी नेपालले दोस्रो हाफमा बंगलादेशकी तौरा खातुनले गोल फर्काइन् ।


ADVERTISEMENT

# # #


नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप-२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेलेको हो । नेपालले बंगलादेशसँगको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ ।

एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् ।

नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ ।