काठमाडौं – कोरोनाविरुद्धको खोप एस्ट्राजेनेकाले बालबालिकालाई असर हुनसक्ने भएको छ ।


ADVERTISEMENT


युरोपको औषधि नियामक कम्पनीले एस्ट्राजेनेकाको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोम हुन सक्ने बताएपछि यस्तो खुलासा भएको हो ।


ADVERTISEMENT

# # #


युरोपियन मेडिसिन एजेन्सी (ईएमए )ले एस्ट्राजेनेकाले उत्पादन गरेको खोपका कारण बालबालिकामा घियनब्यारे सिंड्रोमको खतरा रहेको जनाएको बीबीसीको खबरमा उल्लेख छ । घियनब्यारे सिन्ड्रोम एक प्रकारको दुर्लभ बिमारी हो ।

यो रोगका कारण बालबालिकामा हातखुट्टा सुन्निने, कमजोरी हुने र दुख्ने समस्या हुन्छ । तर, खोप लगाइसकेपछि साइड इफेक्टका रुपमा देखिने यो समस्या एकदमै कम हुन सक्ने कम्पनीले जनाएको छ ।

एस्ट्राजेनेकाको खोप लगाएका दश हजार जनामध्ये एक जनामा मात्र यस्तो समस्या देखिन सक्ने खबरमा उल्लेख गरिएको छ । अहिले विश्वका कतिपय देशमा बालबालिकामा समेत कोरोना भाइरसको खोप लगाउन सुरु गरिएको छ  भने कतिपय कम्पनीका खोपहरु अहिले परीक्षणका रुपमा रहेका छन् ।