एजेन्सी – विश्वकै टी २० क्रिकेटमा एक नम्बरका बलरको उपाधि पाएका अफगानस्तानका खेलाडी रासिद खानले टिमको कप्तानी नगर्ने भएका छन् । खानले अफगानिस्तान टिमको घोषणा भएको केही समयमै कप्तानी छोडेका हुन् ।


ADVERTISEMENT


उनले कप्तान पदबाट त्यागेको जानकारी बोर्डलाई दिएका छन् । उनले टी २० को कप्तानीको जिम्मेवारी पाएको तीन महिनामा नै सो पद त्यागेका हुन् ।


ADVERTISEMENT

# # #


पछिल्लो पटक रासिद खान अफगानिस्तान टिमको एकदिवसीय र टी २० को कप्तान रहेका थिए । तर, विश्वकप टिमको घोषणा भएपछि नै उनले कप्तानी त्याग्नुले सबैलाई आश्चार्यमा पारेको छ ।

उनले सोसियल मिडियामा छनोट कमिटीले आफ्नो चाहना विपरीत टिम छनोट गरेको र त्यसमा आफू सहमत नभएको भन्दै कप्तानी छोड्ने निर्णय गरेका हुन् ।

उनले अफगानिस्तान टिमको कप्तानबाट तत्काल लागु हुने गरेर छोडेको र अफगानिस्तानबाट खेल्नु आफ्ना लागि गर्व भएको बताएका छन् ।

पछिल्लो पटक अफगानिस्तानमा तालिबानले सरकार बनाएपछि धेरैको ध्यान अफगानिस्तान क्रिकेटमा रहेको छ । यसको प्रभावबाट खेलाडीहरु पनि अछुतो छैनन् ।