काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बिहान ११ः४५ मा बस्नेगरी बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक अघि बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।


ADVERTISEMENT

# # #


आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । बुधवारको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध गरेको थियो । आजको बैठक कसरी अघि बढ्छ भन्ने चासोको विषय बनेको छ ।

यता एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलहरुसँगको भेटलाई तिव्रता दिएकी छन् भने आजै प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यतालिका रहेको छ । यसर्थ आजको मन्त्रीपरिषद् बैठकलाई विशेष चासो साथ हेरिएको छ ।