काठमाडौँ – कांग्रेस सांसद गगन थापाले संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो भूमिकाको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद थापाले संसदमा देखिएको परिदृश्य संसदीय अभ्यासमा उचित कुरा नभएको र यसको कारण एमाले भएको बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हाम्रो संसदीय अध्यासको क्रममा अस्ति र आज जे भयो, यो सुखद कुरा होइन । तर, यसको कारण नेकपा एमालेको संसदीय व्यवस्थाभित्र प्रमुख प्रतिपक्षीले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्न खोज्दा यस्तो स्थिति आएको हो ।’

संसदमा प्रस्तुत हुने कुनै विधेयकलाई लिएर वा सरकारको कुनै निर्णयलाई लिएर संसद अवरुद्ध गर्छौं भन्ने अवस्था भएको भए सरकारले सहमपितबाट हल गर्ने भए पनि सभामसख नै मान्दिनँ, सांसद नै मान्दिनँ भन्दा कसैले हल निकाल्न नसक्ने बताए ।

शुक्रबार एमालेको विरोधकाबीच अर्थमन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँ बराबरको संशोधन बजेट प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए ।