काठमाडौँ – सरकार कहाँ छ भन्दै नेकपा एमालेको युवा संघ संगठनले टर्च र्‍याली गरेको छ ।


ADVERTISEMENT


सरकारले मुलुक र जनताका लागि काम गर्न नसकेको भन्दै युवा संघले शुक्रबार काठमाडौंको बबरमहल देखि नयाँ बानेश्वरसम्म टर्च र्यालीको आयोजना गरेको हो ।


ADVERTISEMENT

# # #


र्याली नयाँ बानेश्वरको निषेधित क्षेत्रमा पुग्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपका कारण केहि बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । झपडका क्रममा केहि घाइते भएका छन् ।

प्रदर्शनमा उत्रेका युवाहरुले अमेरिकी सहयोग परियोजना एमसिसीबिरुद्ध नारावाजी गरेका थिए । त्यस्तै उनीहरुले प्रधानमन्त्री र सरकारबिरुद्ध चर्का नारा लगाएका थिए । सरकारबिरुद्ध एमालेले सदनमा र भातृसंगठनले सडकमा विरोध जनाएका हुन् ।