काठमाडौं – राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी बढाउने लक्ष्य राखेको छ । संस्थानले चुक्ता पुँजी २ अर्ब रुपैयाँको बनाउने लक्ष्य राखेको हो । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ लक्ष्य लिएको छ ।


ADVERTISEMENT


आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाइसकेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड महामारीका कारण संस्थानको व्यापारमा प्रभाव परेको उनले बताए ।

महामारीको समयमा संस्थानले गत आर्थिक वर्ष २०७७र७८ मा ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ खुद प्रिमियम संकलन गरेको छ । यस्तै, सोही अवधिमा ३ अर्ब १९ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कँडेलले जानकारी दिए ।