काठमाडौं– नेपाली कांग्रेस निर्वाचन परिचालन मुल समितिका संयोजक बालकृष्ण खाँणले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टीका शीर्ष नेताहरुले ७ वटै प्रदेशमा चुनावी सम्बोधन गर्नेगरि छिट्टै कार्यतालिका सार्वजनिक गर्ने जनाएका छन् ।


ADVERTISEMENT


आईतबार रिपोर्टर्स क्लबमा खाँणले पार्टी सभापतिदेखि लिएर शीर्ष नेताहरु सबैजना एकै ठाउँमा चुनावी सम्बोधनको लागि जानेगरि छिट्टै कार्यतालिका सार्वजनिक गर्ने बताएका हुन् । उनले भने, “७ वटै प्रदेशका मुख्य मुख्य केन्द्रहरुमा हाम्रा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुन्छ, हामीले त्यही अनुसार कार्यतालिका बनाएका छौं, चाँडै कार्यतालिका सार्वजनिक गर्छौं ।”


ADVERTISEMENT

# # #


नेता खाँणले ठूला नेताहरुले एकैचोटी ठूला सभाहरुमा सम्बोधन गर्ने र मझौला नेताहरुले त्यही अनुसार प्रदेशका विभिन्न केन्द्रहरुमा सम्बोधन गर्ने, जिल्लाका प्रभावशाली नेता तथा अहिले उमेदवार नबनेकाहरुले पनि त्यहीअनुसार चुनावी प्रचारप्रसार गर्ने तयारी भैरहेको जनाए ।

त्यस्तै उनले बागी उमेदवारहरुले उमेदवारी फिर्ता नलिए स्वतः पार्टीको विधानले नै कारवाही गर्ने जनाए । उनले भने, “हामीले कारबाही गर्न जरुरी छैन, विधानमा नै बडो स्पष्टसँग लेखिएको छ, यसरी उमेदवारी दिने हाम्रा नेता तथा कार्यकर्ताहरुले फिर्ता नलिईकन चुनावी प्रचारमा हिँड्नुभयो भने स्वतः कारबाही हुन्छ । साधारण सदस्य नै खारेज हुन्छ, प्रस्तावक र समर्थक पनि साधारण सदस्य नै नरहने गरी कारवाही गर्छौं ।”