काठमाण्डौं- अमेरिकाको टेक्सस राज्यस्थित सदरल्याण्ड स्प्रिङ्ग्स नगरको एउटा बाप्टिस्ट चर्चमा गोली एक बन्दुधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । स्थानिय समयअनुसार बिहान करिब साढे ११ बजेतिर चर्चमा नियमित प्रार्थना भइरहेको समयमा अचानक बबन्दुकधारीले गोली चलाएका थिए । घटनामा अन्य कयौँ घाइते भएको बीबीसीले जनाएको छ । घटनापछि बन्दुकधारी पनि माारिएको बताइएको छ । यद्यपी उनको मृत्यु कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन । बन्दुकधारीको परिचय र घटनाको कारणबारे एफबीआइले अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT