काठमाण्डौं-साउदी अरबमा नवगठित भष्ट्राचार नियन्त्रण कमिटीले ११ राजकुमार सहित ४ मन्त्री एवं दर्जनौं पूर्व मन्त्रीहरुलाई नियन्त्रणमा लिइएको दावी गरेको छ । नियन्त्रणमा लिइएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।


ADVERTISEMENT


उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपि सन् २००९ मा आएको बाढी र सन् २०१२ मा मर्स भाइरसको संक्रमणका बेला भ्रष्टाचार भएको अनुमान गरिएको छ । युवराज मोहमद् बिन सलमान नेतृत्वमा कमिटी गठन भएको ४ घण्टामा नै राजकुमार सहित उच्च पदस्थलाई नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


त्यहाँको प्रावधान अनुसार युवराज विनलाई पक्राउ आदेश दिने र यात्रा प्रतिबन्ध लगाउने सम्मको अधिकार रहेको त्यहाँको सरकारी समाचार एजेन्सी एपीएले जनाएको छ ।

भ्रष्टाचार अभियोग पछि राष्ट्रिय सुरक्षा मन्त्री रहेका राजकुमार मितेब बिन अब्दुलाह र नौसेना प्रमुख एइमिरल अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल सन्तानलाई समेत साउदी राजा सलमानले बर्खास्त गरेको बीबीसीले जनाएको छ । – कान्तिपुरबाट