काठमाडौँ– सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता जारी छ ।


ADVERTISEMENT


उनीहरु माओवादी संसदीय दलको कार्यालय सिंहदरवारस्थित प्रचण्डको कार्यकक्षमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल चलिरहेको प्रचण्ड सचिवालयले जनाएको हो ।


ADVERTISEMENT

# # #


सरकार गठनको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै हाल चौतर्फी आलोचना भएको छ । त्यसै आलोचनाबाट मुक्त पाउन सक्दो चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् गठन गर्न हाल नेताहरु दौडधुपमा लागिपरेका छन् ।