काठमाण्डौं-गैरआवासीय नेपाली संघ बेल्जियमले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा १ लाख ४० हजार ७ सय ८० र ५४ पैसा धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आइतबार हस्तान्तरण गरे ।


ADVERTISEMENT


उक्त रकम रौतहटको सन्तपुरमा निर्माणाधिन एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ । एकीकृत वस्तीको निर्माण लागत करिब ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए । उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि गरे । प्रति उत्तरमा संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाए ।


ADVERTISEMENT

# # #