काठमाण्डौं – मोरङ र झापाका सीमावर्ती क्षेत्रबाट भन्सार छलेर भित्र्याइएका लाखौं मूल्य पर्ने सामान प्रहरीले बरामद गरेको छ ।


ADVERTISEMENT


तस्करीमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर भन्सार कार्यालय वरपरका नाका हुँदै भित्र्याइएको साढे ८ लाख रुपैयाँको कपडा प्रहरीले बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


तस्करीमा संलग्न आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका रञ्जित राय, चखे राय, धर्मेन्द्र साय, सुशील राय, सकलदेव राय, सिकिन्दर राय र राजेश रायलगायतलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

यसैगरी सीमावर्ती क्षेत्रबाट भइरहेका तस्करी नियन्त्रण गर्ने अभियानमा खटाइएको विशेष टोलीले झापाको सीमावर्ती नाकाबाट भन्सार छलेर भित्र्याइंदै गरेको गुट्खा, बिस्कुट, सुपारी, मरिचलगायत गरी साढे ३ लाख रुपैयाँको सामान बरामद गरेको जनाएको छ । -आजको कान्तिपुरबाट