– पारस खड्का


ADVERTISEMENT


‘हामी तिमीप्रति गर्व गर्छौं !’
‘हामी तिमीलाई माया गर्छौं !’
‘हामी तिमीलाई चाहन्छौँ र तिमी हामीलाई आवश्यक छ !


ADVERTISEMENT

# # #


जब हामी खेल जित्छौं, हाम्रा खेलाडीहरुको यसरी नै सर्वोत्कृष्ट वर्णन हुने गर्छ । नेपाली प्रशंसकहरुले हामीमाथि दर्शाउने भावनाहरुको आँधी, स्वीकृति र मूल्याङ्कन अनुपम छ । यो प्रेम शर्तहीन, वास्तविक र अनन्त छ ।

एक–दुईवटा खराब भ्रमणः एउटा ‘क्लोज कल’, एउटा हार– अनि सुरु भइहाल्छ, ‘यो राम्रो छैन’, ‘यसले धेरै बल खेर फाल्छ, ब्याटिङ सुस्त गर्छ, धेरै समय लगाउँछ’, ‘उसलाई टिमबाट हटाउनु पर्छ, हामी अब कहिल्यै जित्दैनौँ’ आदि इत्यादी ।

विश्वस्तरमा सबैभन्दा उत्साही क्रिकेट प्रशंसकको आधारमा प्रेम, आशा र वास्तविकताका उतार–चढावहरु यसरी नै अघि बढिरहन्छन् । भित्र र बाहिरका कथाहरु त्यति धेरै छैनन् तर नेपाली क्रिकेट सँधै केही ‘इन्च’ सरह रहेको छ । महामारीका बेला होस् वा त्यो भन्दा पहिले, दर्शकले भरिएको त्रिवि क्रिकेट मैदान, हाम्रो नेपालको शानदार प्रदर्शन हेर्ने रोमाञ्चकता, भित्र र बाहिरको उत्साह अद्वितीय छ ।

मैदानसम्मका ती एकाबिहानका दौडहरु, कीर्तिपुर मैदानमा लगाइएका फन्काहरु, अन्त्यहीन ती अभ्यासहरु र जिमखानामा गरिएको त्यो मेहनेतले ढिलो होस् वा चाँडो, पक्कै मूल्य चुक्ता गर्नैपर्थ्यो । त्यसपछि एउटा विलक्षण ब्याटिङ प्रतिभा विकसित भएको छ । यसलाई हुन दिउँ, यसलाई निरन्तरता हुन दिउँ ।

मैदानमा उत्रिएर खेल्नु भन्दा मैदान बाहिर बसेर नेपालले खेलिरहेको हेर्दा अनौठो महसुस हुने गर्छ । पहिले त्यो सहज थिएन, तर अब बानी पर्दैछ । ‘डाइभिङ क्याच’का लागि दौडिने प्रयास मैँले मरो करियरमा लाखौँ पटक गरेको छु, केही नियमित र महत्वपूर्ण तर, एउटा समान्य लडाइको परिणामले दाहिने काँधमा ‘टर्न लिगामेन्ट’ झेल्नुपर्थ्यो र यस्तो बेला ‘स्ट्यान्डस्’बाट हेर्न बाहेक के गर्न सकिन्थ्यो र !

भिभियन किंग्माले कुशल भुर्तेललाई बलिङ गर्दैछन्–एउटा स्लग र ब्याटको किनारा लाग्छ, क्याच हुन्छ र नेपालको सुरुवातमै विकेट पतन हुन्छ । उनी शून्य रनमै आउट हुन्छन् । एउटा नेपाली प्रशंसकका लागि अनाधिकृत साइटमा लाइभ स्ट्रिम हेरिरहँदा वा क्रिकेट साइटमा स्कोरकार्ड नियाल्दा यो असामान्य दृश्य होइन । तर, लगत्तै अम्पाएरले आफ्नो दायाँ हात तन्काएर औँला घुमाउँदै इशारा गर्छन्–‘नोबल र फ्रि हिट..!’

त्यसपछि जे भयो, त्यो एक साता नेपाली क्रकेटका लागि असाधरण थियो,– सुरुवातीक्रममा उच्च प्रदर्शन, प्रभावकारी निरन्तरता, निडर प्रयास, र एक पटक, नटुट्ने ओपिनिङ साझेदारी । नेपाल अहिले जित्दैछ, बिना कुनै पूर्वाग्रह ।

तपाईंलाई लाग्न सक्छ यो भाग्यवश भएको हो, तर भुरीले (कुशल भुर्तेल) त्यो फ्रि–हिट आर्जन गरेको हो । मैदानसम्मका ती एकाबिहानका दौडहरु, कीर्तिपुर मैदानमा लगाइएका फन्काहरु, अन्त्यहीन ती अभ्यासहरु र जिमखानामा गरिएको त्यो मेहनेतले ढिलो होस् वा चाँडो, पक्कै मूल्य चुक्ता गर्नैपर्थ्यो । त्यसपछि एउटा विलक्षण ब्याटिङ प्रतिभा विकसित भएको छ । यसलाई हुन दिउँ, यसलाई निरन्तरता दिउँ ।

एकपटक बिना कुनै हिचकिचाहट र बिना मन दुखाई नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज जित्यो । तर, त्यो हप्ताको सारांश त्यो पल हुनेछ जब अर्को कुशल (कुशल मल्ल)ले पउल भान मीकरनलाई ‘एक्स्ट्रा कभर’माथिबाट प्रहार गरेको छक्काको म वर्णन गर्न सक्नेछु ।

त्यो सबैको साक्षी बस्नु त्यो हप्ता व्यक्तिगत रुपमा मेरा लागि एक महत्वको विषय थियो । एउटा उच्च महत्व जसले अझ राम्रो गर्न प्रेरित गर्छ । जीवनका उच्चतम महसुस जो हामी प्रत्येकलाई यस्तो हुँदा आनन्द मिल्छ ।

इन्चइन्चका ती कथाहरु, मुटु रोक्ने ती रन चेज र विकेटहरु, दृढता र पसिनाको धाराप्रवाह जो एकाबिहानैदेखि साँझसम्म जारी रहन्छ, त्यो कहिल्यै समाप्त हुँदैन । हरकोही सफलताको उत्सव मनाउन चाहन्छ,  र मनाउँछ पनि । तर, थोरै व्यक्तिहरु मात्रै त्यो पीडा र भार बुझ्न सक्छन्, जुन हाम्रो देशका खेलाडीहरुको काँधमा रहेको हुन्छ ।

***

रोहित पौडेलले नेपालका लागि तीन जित हासिल गर्नका लागि आफ्नो ब्याटबाट महत्वपूर्ण भूमिका निभाए । ‘लिस्ट ए’ क्रिकेटमा लगातार अर्धशतक बनाउने सीमित खेलाडीहरुमा आफ्नो नाम दर्ज गराउने दर्लभ अवसर पाए । र, अहिले उनले त्यो अवसर एकदिवसीय क्रिकेटमा समेत पूरा गरेका छन् । बिर्सिन नहुने कुरा, सन् २०१९ मा उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडीको विश्वकीर्तिमान पनि कायम गरे । भलै त्यो कीर्तिमान पछि नेपालकै कुशल मल्लले तोडे ।

चार महिना पहिले रोहित आफ्नै अन्योलतासँग बाँचिरहेका थिए । बिहानै उठ्थे, खाजा खान्थे अनि मैदानमा जान्थे र सायौँ बल हिर्काउँथे, प्रत्येक दिन, सबै दिन, पायः त्रिवि क्रिकेट मैदानको इन्डोरमा । सँगसँगै उनी जहाँतहीँ आफ्नो मानसिक क्रिकेट सुरक्षा पाउँथे । यो एउटा दृष्टान्त नै बन्यो । अन्य कुनै बाटाहरु छन् कि यही एउटा बाटो मात्रै हो ? तैपनी उनले टिममा स्थान बनाउन सकेनन्, आफ्नो क्रिकेट क्षमतालाई न्याय दिन सकेनन् ।

ठिक त्यही समय, जब गम्भीर कोभिड–१९ महामारीको दोस्रो लहरले विश्वका कयौँ देशलाई झैँ नेपाललाई पनि आक्रान्त पारिरहेको थियो, रोहित भारतमा थिए, आफ्नो कौशललाई फिर्ता पाउने प्रयासमा थिए । आफूभित्रको जादू खोज्ने प्रयास गरिरहेका थिए । पहिलेभन्दा मेहनत गरिरहेका थिए । एक सुन्दर भविष्यको सपना देखिरहेका थिए । उच्चस्तरमा प्रारम्भिक सफलताको स्वाद चाखेपछि हाम्रा पूर्व यू–१९ कप्तान रोहितलाई थाहा थिएन कि राष्ट्रिय टोलीमा पुनरागमन गर्नका लागि उनले के गर्नुपर्छ ?

हाम्रो कुराकानीपछि अज्ञात ‘लकडाउन प्रोटोकल’को डरले उनी नेपाल फिर्ता भए । तर, उनलाई थाहा थिएन कि कोभिड–१९ले उनको शरिरलाई आन्तरिक रुपमा कब्जा जमाइसकेको छ । दोस्रो लहरले उनको शरिरमा आफ्नो बाटो तय गर्दै थियो । तर, रोहितले त्यसलाई हटाउनु थियो । सौभाग्यले उनी केही हप्ता चिकित्सकको निगरानीपछि त्यसमा सफल भए ।

नेपाली क्रिकेटको बलियो सेटअप निर्माणका लागि भारतमा क्रिकेट सुविधा सहितको छात्रवासको कोठा, गृहनगर बुटवलमा उनको कोठाको भित्ता र केही वर्ष पहिले आफ्ना साथीहरुसँग काठमाडौँमा बस्ने निर्णयको मतलब थियो जुन स्वास्थ्य संकटबाट उनी गुज्रिनु पर्यो, त्यो उनको क्रिकेटिङ सपनाका अघि केही पनि थिएन । तैपनी उनले यतिमात्रै गर्नसक्थे, उठ्ने, नास्ता गर्ने, उसिनेको अण्डा र प्रोटिन लिने अनि बल हिर्काउने, निरन्तर ।

हाम्रा खेलाडीले चोट, सन्यास, राजीनामा र निरन्तर दैनिक चुनौतिको सामना गर्नुको अर्थ टिममा उनको आवश्यकता पहिलेको भन्दा ज्यादा छ भन्ने हो। ती सबै दिनहरु जो रात बनेर गए, घण्टौँको परिश्रम, सपनाको दृश्यांकन र उलटपलटको मतलब थियो. उनी अब टिममा स्थान बनाउनेछन् ।

अन्यमा, फेरि पनि !

इन्चइन्चका ती कथाहरु, मुटु रोक्ने ती रन चेज र विकेटहरु, दृढता र पसिनाको धाराप्रवाह जो एकाबिहानैदेखि साँझसम्म जारी रहन्छ, त्यो कहिल्यै समाप्त हुँदैन । हरकोही सफलताको उत्सव मनाउन चाहन्छ,  र मनाउँछ पनि । तर, थोरै व्यक्तिहरु मात्रै त्यो पीडा र भार बुझ्न सक्छन्, जुन हाम्रो देशका खेलाडीहरुको काँधमा रहेको हुन्छ । लुकेर रहेका कयौँ रत्नहरु, जादुका कथाहरु, विष्मयका कथाहरु र आशाका कथाहरु। अँ साच्ची, ती सपनाहरु पनि वास्तविक रुपमा प्रकट हुन्छन्, यदि तपाईं समय र मेहनत लगाउनु हुन्छ ।

आशा छ, आगामी दिनमा यसमा सुधार हुनेछ । हामी सबैले हाम्रै देशका एक एथलेटकोबारेमा पढेका, सुनेका छौँ, जसले टोकियो ओलम्पिकमा भाग लिन पाएनन्, यो विश्वको एक भागमा के हुँदैछ भन्ने उदाहरण हो ।

संघर्षहरु वास्तविक हुन्छन् । सयौँ लाख सपनाहरु छन्, जो दिनको उज्यालोमा देखिन्छन् र एउटालाई रातभर निदाउन दिन्नन्, सयौँ शरिरहरुले प्रत्येक दिन उस्तै एउटै प्रक्रिया पार गर्छन्, हामीलाई यो कुरा सुनिश्चित गर्न कि सबै कुरा हामीमा निर्भर छ र भविष्य उत्कृष्ट र सुरक्षित छ ।

करण केसीलाई स्टेडियम बाहिर पुग्ने गरी बल हिर्काउन दिउँ, सोमपाललाई हरेक विकेटमा उत्सव मनाउन दिउँ, गुल्शन झालाई दौडिन र जतिसक्दो तीव्र बल फाल्न दिउँ ।

***

नेपाल क्रिकेटले हामीलाई खुसी, गौरवान्वित, निराश, क्रोधित, वैराग्य र भावनाको आँधीमा लिएर जान्छ, जुन छटाका रुपमा फैलिएको छ तर त्यो भन्दा धेरै यसले हामी सबैलाई एक ठाउँमा, एक छातामुनि ल्याउँछ जहाँ कुनै पृष्ठभूमि जाँच गरिँदैन । आउनुहोस्, हामी यी सबै क्षणहरुको आनन्द लिउँ, आउनुहोस्, एक पटकका लागि महामारी बिर्सिऔँ, भलै त्यो जतिसुकै छोटो अवधिका लागि किन नहोस् ।

करण केसीलाई स्टेडियम बाहिर पुग्ने गरी बल हिर्काउन दिउँ, सोमपाललाई हरेक विकेटमा उत्सव मनाउन दिउँ, गुल्शन झालाई दौडिन र जतिसक्दो तीव्र बल फाल्न दिउँ । विक्रम सोबलाई हरेक बललाई माथिबाट फ्याक्न दिउँः अभिनास बोहरालाई घातक योर्कर फाल्न दिउँ । विनोद भण्डारीलाई महेन्द्रसिंह धोनी स्टाइलमा विकेट पछाडीबाट रन आउट गर्न दिउँ, युवाहरु कुशल मल्ल, सुसन भारी र आशिफ शेखलाई सिक्दै, रमाउँदै त्यो खेललाई माया गर्न दिउँ, जुन खेलका लागि उनीहरुले आफ्नो जीवन समर्पित गरेका छन् ।

दुई–तीन महिनादेखि घाइते कमलसिंह ऐरी र सन्दीप जोरालाई टिममा फर्किनका लागि आवश्यक उपचार मिलोऔँ । गम्भीर सडक दुर्घटनाबाट घाइते भएर एक वर्षदेखि थला परेर तंग्रिँदै गरेका ललित भण्डारीलाई लामो रनअप लिएर बलिङ गर्न दिउँ ।

राष्ट्रिय टिमका कप्तान ज्ञानु (ज्ञानेन्द्र मल्ल), जोसँग विगत दुई वर्षदेखि जित प्रतिशत उत्कृष्ट रहेको छ, जसले नेपाली क्रिकेटको उत्थानका लागि गर्न सक्ने सबै गरेका छन्, क्रिकेटिङ सपनाहरुलाई सहयोग गर्दै आएका छन्, उनका बाँकी क्रिकेटिङ दिनहरुमा आनन्द लिन दिउँ ।

उमेश पटवाल र डेभ वाटमोर लगायतलाई आनन्द लिन दिउँ ।

आउनुहोस्, हामी हाम्रा जितको स्वाद चाखौँ, हार र गल्तीहरुबाट पाठ सिकौँ र यो प्रक्रियालाई अघि बढ्न दिउँ ।

र महत्वपूर्ण कुरा, नेपालले जितिरहेको आनन्द लिउँ ।

‘किन ?’ तपाईंले सोध्न सक्नुहुनेछ ।

किनभने अहिलेका लागि र अनन्तकालसम्मका लागि, याद गर्नुहोस्, जीवन रहेसम्म कुनै पनि कुरा स्थायी वा अस्थायी रहिरहन्न, सिवाय ती सम्म्झनाहरु, जसमा हामी जिउँछौँ र बोक्छौँ ।

जय देश ! जय नेपाल !

(नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले लेखेको यो आलेख उनको निजी वेबसाइटबाट अनुवाद गरिएको हो ।)