काठमाडौँ– कतार सरकारले प्रहरीमा नेपालीलाई तत्काल भर्ना नगर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कतार सरकारले तत्कालका निम्ति नेपालीलाई प्रहरीमा नलिने जानकारी दोहास्थित नेपाली दूतावासलाई जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


कतारको आन्तरिक मन्त्रालयले नेपाली नागरिक काम गरिएको कोटामा अन्यत्रबाटै पदपूर्ति गरिएको जानकारी दिएपछि कतार प्रहरी सेवाको मागपत्रबाट श्रमिक लिन नमिल्ने अवस्था आएको दूतावास स्रोतले जनाएको छ । नेपाल सरकारले समयमै निर्णय नगरेकाले कतारले भर्ना नगरेको हो ।

कतारको यस निर्णयसंगै भर्नाका लागि छनोट भएका दुई सय जना जान नपाउने भएका छन् ।