काठमाडौँ– नजिकिदो महान् पर्व दशैंलाई लक्षित गर्दै नबिल बैंकले ग्राहकका निम्ति दशैं विशेष योजना ल्याएको छ ।


ADVERTISEMENT


गत वर्षको अपार सफलता पछि नबिल बैंकले यस वर्ष पनि दशैं अफरको घोषणा गरेको हो ।


ADVERTISEMENT

# # #


यसका लागि बैंकले शुक्रबार(आश्विन १ गते) देखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । यसअन्तर्गत १ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गरिने बैंकले जनाएको छ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्देश्य रहेको बैंकको भनाई छ ।

बैंकले देशभर १३५ वटा शाखा कार्यालयका साथै १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको वृहत् सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गर्दै आएको छ ।

एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीका साथै ३७ वर्षको बैंकिङ्ग अनुभव रहेको यस बैंकले ग्राहकहरुलाई मुल्य अभिवृद्घिको लक्ष्य राखी सेवा प्रवाह गर्दै आएको छ ।