काठमाडौँ– नेपालमा थप एक हजार ५११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा थप एक हजार ५११ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने संख्या एक हजार ६८९ रहेका छन्, भने संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् ।

यससंगै हालसम्ममा नेपालमा कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ पुगेको छ ।