वीरगञ्ज– मित्र राष्ट्र भारतको आर्थिक सहयोगमा श्री बाग्मती निम्न माध्यमिक विद्यालयको भवन निर्माण भएको छ ।


ADVERTISEMENT


नेपाल–भारत सहयोग अन्र्तगत नेपालस्थित लिटी खोला, फापरबारी, मकवानपुरमा श्री बाग्मती निम्न माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


सो भवनको बुधबार भारत सरकार द्वारा आजादीको ७५ बर्षगाँठको उपलक्षमा मनाइने ‘आजादी का अमृत महोत्सव’ को अवसरमा शिलान्यास समेत गरिएको छ ।

भारत सरकारको नेरु ८९ लाख ७० हजारको सहयोगमा बनाइएको उक्त विद्यालय भवनको शिलान्यासमा भारतको तर्फबाट नितेश कुमार, महावाणिज्यदूत, भारतीय महावाणिज्य दूतावास, वीरगञ्ज तथा नेपाल सरकारको तर्फबाट जिल्ला समन्वय समिति, मकवानपुर, विद्यालय व्यवस्थापन समिति तथा स्थानिय प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।