काठमाडौँ– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको बाबजुद पनि नेपाल–भारत परियोजना सफल भएको छ ।


ADVERTISEMENT


नेपालको तराई क्षेत्रमा भारतीय सहकार्यमा निर्माणधीन सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा बसेको चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठकले यस्तो जनाएको हो ।


ADVERTISEMENT

# # #


बिहिबार भिडियो कन्फरेन्समार्फत सम्पन्न भएको उक्त बैठक नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मा र भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवको सह–अध्यक्षतामा भएको थियो ।

बैठकमा भारतीय सहकार्यमा निर्माणधिन अवस्थामा रहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको थियो ।

जसअन्र्तगत बैठकले १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले परियोजनाले हासिल गरेको बताएको छ । कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण कार्यको अन्तिम चरणमा रहेको भन्दै उक्त उपलब्धि उपर दुवै पक्षले सन्तुष्टि समेत जनाएको छ ।

उक्त अवसरमा नेपालले नेपालको विभिन्न स्थानमा पूर्वाधार विस्तारका निम्ति भारतले गरेको सहयोगप्रति आभार प्रकट गरेको थियो भने, भारत सरकारले पनि दुई देशबीच सम्पर्क बढाउन नेपाल सरकारसँग परिणाममुखी सहकार्य गर्न पाउँदा हर्षित भएको धारणा व्यक्त गरेको छ ।