काठमाडौँ – तारकेश्वर नगरपालिका वडा नं ११ नेपालटारस्थित महानगरीय ट्राफिक प्रहरी प्रभाग नेपालटारमा नयाँ भवन निर्माण गरिएको छ ।


ADVERTISEMENT


नगरपालिकाद्वारा नव–निर्मित तिन कोठे भवनको आज एक समारोहबीच उद्‍घाटन सम्पन्न भएको छ । वडा नं ११ का अध्यक्ष बिन्दा बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमुख रामेश्वर बोहोरा, उपमेयर भवानी डोटेल, महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी अशोक सिंह लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


उद्‍घाटन कार्यक्रममा बोल्दै महाशाखा प्रमुख एसएसपी भट्टराईले चक्रपथ बाहिर तथा जनघनत्व बढ्दै गएका क्षेत्रमा सवारी चाप बृद्धि भएसँगै अनुगमन तथा अध्ययन गरी आवश्यकता अनुसार ट्राफिक प्रहरी परिचालन गर्दै आएको बताए ।

उनले पछिल्लो समय तारकेश्वर नगरपालिका क्षेत्र बढी व्यस्त हुदै गएसँगै सवारी चाप व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि परिचालित ट्राफिक प्रहरीको लागी उपलब्ध भएको नयाँ भवनले थप सहज र प्रभावकारी ट्राफिक व यवस्थापन गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

भट्टराईले उपत्यकाभित्र जनघनत्व बढेका स्थानहरुमा स्थानीय निकायसँग समन्वय गरी आवश्यकताको आधारमा ट्राफिक प्रहरी परिचालन गरेको जानकारी दिए । उनका अनुसार आगामी दिनहरुमा चक्रपथ बाहिरका केकी स्थानहरुमा अध्ययन गरी नयाँ ट्राफिक प्रहरी प्रभाग समेत स्थापना गर्ने महाशाखाको योजना रहेको छ ।

यस्तै नगरप्रमुख बोहोराले ट्राफिक प्रहरीलाई नयाँ भवनले दैनिक कार्यमा थप सहजता प्रदान गरी उक्त क्षेत्रको ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत ट्राफिक व्यवस्थापन र समग्र शान्ति सुरक्षाका लागी आवश्यक पर्ने भौतिक पुर्बाधार, स्रोत साधन तथा अन्य समन्वयात्मक भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।

उपप्रमुख भवानी डोटेलले स्थानीयको माग र आवश्यकतालाई स्वीकार गर्दै ट्राफिक प्रहरी परिचालन गरी सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न महत्वपुर्ण सहयोग गरेको भन्दै एसएसपी जनक भट्टराई धन्यवाद दिइन् । उनले सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीको महत्वपुर्ण भूमिका रहने र आगामी दिनहरुमा सडक व्यवस्थापनको लागी हाम्रो सदैव सहयोग रहने विश्वास व्यक्त गरिन् ।