काठमाडौँ – युवा बलर गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेका छन् । विश्व क्रिकेट लिग–२ को ओमानसिरिज अन्तर्गन अमेरिकाविरुद्धको दोस्रो खेलमा गुल्सनले डेब्यू गर्ने अवसर पाएका हुन् ।


ADVERTISEMENT


गत मार्चमा भएको काठमाडौँ मेयर कपबाट उदाएर तीव्र गतिका बलर गुल्सन १७ वर्षमै नेपालका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका हुन् । बाउन्स र तीव्र गतिमा बल फाल्ने उनलाई अर्का मध्यम गतिका सिनियर बलर सोमपाल कामीले शुक्रबार डेब्यू क्याप प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


ओमान त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज अमेरिकासँग टस हारेर पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा अमेरिकाविरुद्ध ५ विकेटको जित निकालेको नेपालले दोस्रो घरेलू टोलीसँग ५ विकेटले पराजित भएको थियो ।