मनिस एक चेतनशील प्राणी हो । सबै मानिसहरुलाई आफ्नो व्यक्तित्वको विकास गर्ने मौलिक हक रहेको हुन्छ । मानिसका आ–आफ्नै विशेषता हुन्छ । त्यसैले गर्दा सबैले सबै मानिसको सम्मान हुने गरी व्यवहार गर्नुपर्छ तब मात्र एक असल समाज निर्माण गर्न सकिन्छ ।


ADVERTISEMENT


हरेक मानिसको रूचि फरक फरक हुन्छ । यो फरक रूचि नै मानव सभ्यताको सुन्दरता हो । लेख, रचना, ज्ञान, प्रतिभाहरु साटासाट गर्नु मानिसको जीवनमा हासिल गरेको उपलब्धिहरुलाई प्रकाशन गर्नु एउटा सभ्य मानिसको असल गुण हो । शिक्षा मानव जीवनको अभिन्न अंग हो । हामीले आफ्नो दैनिकी अध्ययन सँग-सँगै लैजानु पर्दछ । शिक्षा बिना हाम्रो जीवन अन्धकार हुन जान्छ ।


ADVERTISEMENT

# # #


त्यसैले गर्दा स्कुल वा क्याम्पसमा औपचारिक ज्ञान मात्र उपलब्ध हुन्छ । सफल भएका धेरै मानिसहरु अनौपचारिक शिक्षाको माध्यमले पनि सिद्धि वा उद्देश्य पाप्त गरेका छन । अर्केतर्फ हेर्ने हो भने विकासले फड्को जसरी मारेको छ यसको आधार भनेको औपचारिक वा अनौपचारिक जे भएपनि शिक्षा नै हो ।

पढाई लेखाई घर कार्यस्थलमा पनि सिक्न सकिन्छ । प्रशासनिक कामहरु तथा दैनिक लिखत वा पत्रपत्रिकाहरु पढेर मात्र बुझ्न सकिन्छ । कतिपय सुनेर गरिएका कामहरुको कुनै प्रमाण हुँदैन । यस्ता कुराहरुको जाँच गर्नुपर्ने हुन सक्छ । पढ्ने बानीको विकासले आफ्नो दैनिकी सरल र सहज हुन्छ । त्यसैले पढ्ने, लेख्ने, सुन्ने र बोल्ने कलाको आ–आफ्नै महत्व हुन्छ । यी चार विषयवस्तुहरु एक अर्कोमा तुलनात्मक होइनन, सबैको आ–आफ्नै महत्व रहेको हुन्छ ।

लेख लेख्दा धेरै कुराहरूमा विचार गर्नुपर्छ । सर्वप्रथम आफ्नो व्यक्तित्व विकासको नाममा अरुबाट प्रतिपादित सिद्धान्तलाई आफ्नै जसरी जस्ताकोत्यस्तै प्रकाशन गर्नु भनेको एक अर्थमा हामीबाट कतै बौद्विक चोरी भयो कि ? हामीलाई स्कुल वा विश्वविद्यालय स्तरमा अध्ययन गर्ने क्रममा गुरुहरुले तथा हाम्रा अग्रजहरुले सिकाउनु भएकै छ कि सार्न पाईन्छ तर जस्ताको तस्तै चोर्न पाईँदैन । दोस्रो ती सामाग्रीहरु जसले ज्ञान दिइरहेका छन् वा तपाई वा तपाईले ती प्रतिपादित सिद्धान्तहरुलाई उद्दरण गर्न सक्नुहुन्छ ।

उद्दरण भनेको पुस्तक, लेख, रचना, वा कुनै सुचना तथ्याङ्कको स्रोत उल्लेख गर्ने विधि हो । यो अनुसन्धानमा नभई अरुको विचारहरुको आवश्यक तत्वहरु साभार गर्न अनिवार्य हुन्छ । पाठकले जहिले पनि प्रकाशन भएका सामग्रीको वा प्रतिपादित सिद्वान्तको आधार खोज्ने गर्दछन् । त्यसको निवारणको लागि अनुसन्धान विधि, तथ्याङ्गहरुको स्रोत तथा सामाग्रीको उद्दरण अनिवार्य हुनजान्छ । उद्दरण दिन पनि एउटा नियममा आधारित भएर गनुपर्ने हुन्छ । यसका विभिन्न ढाँचाहरु छन । जसलाई हामी एपीए, एमएलए, सिकागो, इत्यादी ।

जुन लिखतको सही र गलत के हो त्यसको मापन पढ्ने बानीको विकासले गराउँछ । त्यसैले अध्ययन, अनुसन्धान, खोज, अन्वेषणले तपाईँले गर्दै आएको वा मानिआएको लिखतका आधारहरु सहि वा गलत छन भनेर छुट्याउन मद्दत गर्दछ । त्यसैले लेख, अनुसन्धान, रचना गर्नाले तपाईलाई र यो समाजलाई पक्कै पनि केहि परिवर्तन गर्न मद्दत पुर्याउँछ । हामीले लेख रचनाबाट पनि आफ्नो क्षमतालाई विस्तार गरेर लैजान सकिन्छ । क्षमता नहुनेले क्षमता विकास गर्नुपर्दछ ।

हामीले कुनै पनि भाषालाई लेख्दा वा साधारण सामान्य तरिकाले बोलीचालीमा सबैले बुझिने हिसाबले बोल्ने, लेख्ने गर्नुपर्दछ । कुनै पनि विषयमा रहेर कुरा गर्दा वा लेख्दा कुनै व्यक्ति, विषेशलाई जोड नदिइकन नकारात्मक भेदभाव रहित हुनेगरी लेख लेख्नुपर्दछ । जुन विषयको उत्थान गर्ने हो त्यसलाई गहन नबनाइकन साधारण तरिकाबाट लेख्नुपर्दछ । जुन विषयवस्तुको बारेमा हामी लेख्दै छौँ त्यस कुराप्रति आफुले के विषयमा लेख्दैछु भन्ने कुरा प्रष्ट हुनुपर्दछ । कोही कसैलाई इंकित गरेर लेख लेख्नु हुँदैन । लेख्ने नाममा कुनै व्यक्ति, समाज, लक्षितप्रप्रति भएर लेख्नु हुँदैन । समाजमा सकारात्मक सन्देश जाने खालको लेख लेख्नुपर्दछ ।

कार्यालयमा प्रयोग हुने लेख मुलत: औपचारिक नै हुन्छ । औपचारिक लेख रचना वा सूचनाहरु प्रवचन तालिम र मौखिक बोलीचाली भन्दा फरक हुन्छ । त्यसकारण लेख लेख्दा एउटा समुदायले अर्के समुदायमा लक्षित गरेर वा कुनै व्यक्तीको स्वभावप्रति टिप्पणी गने उद्देश्यले कुनै पनि कुरा लेख्नु हुँदैन । जस्तै कुनै एउटा सिद्धान्तले मानिसलाई बचाई राखेको हुन्छ । त्यस्ता व्यक्तिहरु प्रति लक्षित भएर लेख वा सन्देश लेख्दा मानिसहरुलाई दुःखी बनाउछ भने मानिसहरु प्रति भेदभाव रहन्छ । तर यिनै कुराहरु अनुसन्धान विधिबाट उपलब्ध भएमा त्यस्तो लेख विश्वासनीय नै हुन्छ । विभिन्नसंघ संगठनमा समेत शेयरधनी, कर्मचारी, व्यवस्थापक, ग्राहकवर्ग, सरकारी निकाय लगायतको प्रत्यक्ष संलग्नता भएको हुनाले औपचारिक लेख रचनामा समेत लेखन विधिको प्रयोग नै प्रयोग भएको हुन्छ । त्यसैले त्यस्तो लेखलाई मात्र सर्वमान्य लेख मानिन्छ ।