नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभाका लागि झापा क्षेत्र नं. १ का उम्मेदवार विश्व प्रकाश शर्मा :


ADVERTISEMENT


मिति नजिकिँदै गर्दा चुनावको माहोल कत्तिको तातेको छ ? पार्टी, उम्मेद्वार र जनतालाई निर्वाचनको हावाले कत्तिको छोएको छ ?


ADVERTISEMENT

# # #


सबै दलहरुले आ–आफ्ना तर्फबाट उम्मेदवारी दिएका छन् । भोट माग्नका लागि सबैजना प्रचारप्रसारमा व्यस्त छन् । त्यस्तै समानुपातिक उम्म्दवारहरुको सूचि पनि आइसकेको छ । त्यस कारण निर्वाचनले सबैलाई छाएको छ । विजयी अभियानमा हामी अगाडी बढिरहेका छौँ ।

अहिले बाम गठबन्धन भइरहेको छ । त्यसको सामना गर्नका लागि नेपाली कांग्रेसले कस्तो रणनीति बनाउँदैछ ?

नेपाली कांग्रेसले लोकतन्त्र स्थापना गर्नका लागि तथा सबै राजनीतिक दलहरुलाई सम्वन्वय गरेर संविधान जारी गर्ने कार्य पनि गर्यो । नेपाली कांग्रेस भनेको एउटा पार्टी मात्रै होइन । यो राजनीतिक आन्दोलन र सामाजिक अभियान पनि हो । अहिले कांग्रेसको कर्तव्य भनेको संविधानलाई कार्यान्वयन गर्ने र त्यसपछि सबैलाई समेटेर मुलूकलाई समृद्धितिर लैजाने हो । चुनाव जित्ने गठबन्धनको विषयभन्दा माथि उठेर नेपाललाई समग्रतामा गाँस्ने र नयाँ आत्मबलको विकास गर्ने, दशकभित्रमा नै यसलाई समृद्ध बनाउन सकिन्छ भन्ने कुरा पूरा गर्ने कर्तव्य छ । राजनीतिक आन्दोलन सकिएर मुलूकमा अब समृद्धितिरको बाटोमा जानेबेला आएको छ ।

यो निर्वाचनमा जनताले नेपाली कांग्रेसलाई किन भोट दिने ?

नेपाली कांग्रेसले विगतमा गरेका कामहरुको समिक्षा र मुल्याङ्कन गरेर मतदाताले पार्टीलाई मत दिनुपर्छ भन्ने हाम्रो आग्रह हो । कांग्रेसले देश समृद्ध बन्नलाई स्वाधिनता चाहिन्छ भनेर स्वाधिनताका लागि लड्यो । देशलाई सबैको बनाउनका लागि समावेशिता चाहिन्छ भनेर समावेशीताको जग प्रारम्भ गर्यो । देशको समृद्धिको लागि प्रजातन्त्र चाहिन्छ भनेर प्रजातन्त्र ल्यायो । यति मात्र होइन शान्ति र संविधान निर्माणमा पनि कांग्रेसले नै नेतृत्व गर्यो । अब नेपाललाई समृद्ध बनाउन पनि नेपाली कांग्रेसलाइै नै मत दिनु पर्छ ।

झापा, जहाँ तपाईँ चुनाव लड्दै हुनुहुन्छ । त्यहाँको चेनावी सरगर्मीको बारेमा बताइदिनुस् न ।

देशभर जस्तै झपामा पनि चुनाव व्यापक रुपमा लागेको छ ।

तपाईले पहिलेको निर्वाचनमा पराजय भोगेको झापा क्षेत्र नं. १ मा अहिले बाम गठबन्धनको उम्मेद्वारको रुपमा राम कार्की आउनु भएको छ । कस्तो हुन्छ त प्रतिस्पर्धा ?

जनताको फैसलालाई सबैले स्वीकार गर्नुपर्छ । अघिल्लो निर्वाचनमा म त्यही क्षेत्रबाट थोरै मतलेमात्रै उपविजेता भएको थिएँ । उपविजेता भएर पनि म मतदाताको बीचमा निरन्तर सकृय रहेँ । सक्ने कामहरु गरिरहेँ । मतदाताको फैसलालाई स्वीकार गरेर विजयी उम्मेद्वारलाई बधाई दिँदै विकासका लागि अगाडी लाग्न भनेँ । सकेजतिको साथ दिइरहेँ । हिजोको विजेता साथी आज उम्मेद्वार हुनुहुन्न । आउँदै गरेको उम्मेद्वार साथीलाई पनि मैँले भनिसकेँ कि तपाई र मेरो बीचमा हार्दिक प्रतिस्पर्धा हुनुपर्छ । चुनाव भनेको लोतान्त्रिक अभ्यास हो । जहाँ एउरा राजनीतिक संस्कार प्रस्तुत गर्नुपर्छ । त्यसैले म प्रतिस्पर्धी उम्मेदवारलाई सम्मान गर्दै मत माग्छु । दलले भन्दा पनि देशले जित्नेकुरा ठूलो हो । त्यसका लागि म लागिरहेको छु । यो पटक मतदाताहरुको विश्वास प्राप्त गर्ने कुराप्रति म आशावादी मात्रै होइन विश्वस्त पनि छु ।

अहिले सबैजसो दलले आफ्नो चुनावी घोषणापत्रमा विकास र समृद्धिका एजेण्डा उठाएका छन् । खासमा त्यो विकास र समृद्धि कसरी सम्भव छ ?

विगतमा पनि समृद्धि सम्बन्धी मुद्दा अघि नबढेको होइन । नेपाली कांग्रेसले २०४८ सालमा घोषणापत्र जारी गर्दै गर्दा हरेक गाउँमा उपस्वास्थ्य चौकी पुर्याउने भनेर लेखेको थियो । आज हरेक गाउँमा उपस्वास्थ्य चौकी पुगेको छ । सोलुखुम्बुबाट सप्तरी झर्न पाँच दिन लाग्थ्यो । आज पाँच घण्टा लाग्छ । त्यस्तै निजी क्षेत्र धेरै विकास भएको छ । रोजगारीको अवसर पहिलाभन्दा बढी सिर्जना भएको छ । त्यस्तै शैक्षिक क्षेत्रमा प्रगती भएको छ । स्वास्थ्यमा पनि ठूला उपलब्धी हासिल भएका छन् । विद्युतका क्षेत्रमा पनि प्रगती भएको छ । तर समय अनुसार यी प्रयाप्त होइनन् । राजनीतिक स्थितरता भएका भए आज देश धेरै अगाडी जाने थियो । अब सबै राजनीतिक दलको मुद्दा समृद्धि हुनुपर्छ । त्यसैले हामी त्यस दिशामा जाँदैछौ र मुलूकलाई समृद्ध बनाउँछौँ ।

तपाई नेपाली कांग्रेसको एउटा राम्रो नेताका रुपमा चिनिनुहुन्छ । चुनाव जितिसकेपछि त्यहाँका जनताका लागि तथा समग्र देशको विकास र समृद्धिका लागि तपाईका योजना हरु के छन् ?

निर्वाचित भइसकेपछि हामीले गर्ने पहिलो काम भनेको राजनीतिक दलहरुबीच हार्दिकता, सौहार्दता र संस्कुतिको विषय हो । दोस्रो संविधान बनाउँदै गर्दा छुटेका भनिएका भावनाहरु जसलाई गाँस्न बाँकी छ । तेस्रा भनेको सबैको सहभागिता हुनेगरी देशको विकास र समृद्धिका लागि एउटा खाका तयार गर्ने हो । त्यही खाकालाई बोकेर समृद्ध नेपाल निर्माणमा जानुपर्छ । यिनै कुरालाई मैँले केन्द्रमा राखेको छु ।

अन्त्यमा, मतदाताहरुलाई तपाईको के सन्देश छ ?

मतदाता नै भगवान हुन् । अन्तिम अलदालत भनेको जनता हो । त्यहाँबाट आउने फैसलालाई सबैले आत्मसाथ गर्नुपर्छ । सबैलाई आफ्नो घर अगाडीको बाटाको चिन्ता छ । देशले नै सही बाटो लियो भने घर अगाडीको बाटो त बनिहाल्छ नि । त्यस कारण मतदाताले उच्चतम विचार पुर्याएर आफ्नो घर अगाडीको बाटो मात्रै होइन देशको बाटो कस्तो बनाउने भन्ने सोचेर भोटका लागि म अनुरोध गर्दछु ।