काठमाडौँ – चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै सांकितिक रुपमा विरोध गरिएको संघले जनाएको छ । प्रदर्शनमा उत्रिएकाहरुले नेपालको सीमा रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदर्शनमा उत्रिएकाहरुले चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर, हुम्ला जिल्लामा रहेको १२ नवर पिलर सार्न पाइदैन लगाएतका प्ले कार्ड प्रदर्शन गरेका थिए । संघका अध्यक्ष रञ्जित कुमार सिंहले चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै बिरोध प्रदर्शन गरिएको जानकारी दिए


ADVERTISEMENT

# # #


संघले नेपालको सिमा रक्षाका लागि निरन्तर खवरदारी गर्ने जनाएको छ । चीन र नेपालको सीमा भएको बिषयमा अध्ययन गर्न सरकार पनि सीमा अध्ययन समिति बनाएको छ ।