काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को अवसरमा शुभकामना दिँदै उनले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्नेसमेत बताएकी छन् ।


ADVERTISEMENT


उनले एक विज्ञप्ति जारी गर्दै लेखेकी छन्, ‘राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगिन अभिभारा हो ।’


ADVERTISEMENT

# # #


राष्ट्रपतिले जारी  गरेकाे सन्देशमा भनिएको छ,‘संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को यस महत्त्वपूर्ण अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्‍वान गर्दछु ।’

जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण पूरा भएको भन्दै अब मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण प्रयासहरू केन्द्रित गर्नु पर्ने उनको भनाइ छ ।

यस्तो छ राष्ट्रपतिले जारी  गरेकाे सन्देश: