काठमाडौँ– नेपाली लोकदोहोरीको संसारमा ‘सेक्रेट सुपरस्टार’का छवि बनाएकी लोक गायिका विष्णु माझी ‘प्रबल जनसेवाश्री पदक’ का लागि मनोनित भएकी छन् ।


ADVERTISEMENT


लामो समयदेखि आफ्नो परिचय लुकाउँदै आएकी उनी मिडिया र सार्वजनिक जनजीवनबाट टाढा छिन् । आफूलाई रिजर्भ राखेर कुनै पनि व्यक्तिगत परिचय एवम् आवश्यक जानकारी समेत नखुलाएकी माझीलाई सरकारले यसपटक ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा’ गरेको हो ।


ADVERTISEMENT

# # #


गायिका माझीले पछिल्लो पटक तीजको ‘चरी जेलैमा’ बोलको गीत सार्वजनिक गरेकी थिइन् ।  उक्त गीत सार्वजनिक पछि त्यो गीत कतै उनको वास्तविक कथा त होइन? भन्ने धेरैको आकलन थियो । यसलगत्तै उनको अवस्था सार्वजनिक गर्न मानव अधिकार आयोग र प्रहरी प्रशासनलाई चौतर्फी दबाब आएको छ । तर, यसअघि पनि  आएको यस्तै दबाबका कारण प्रहरीले सोधपुछका लागि माझी दम्पतीलाई प्रहरी कार्यालय बोलाउँदा उनले आफ्नै स्वच्छाले गुमनाम जीवन बाँचिरहेको बताएकी थिइन् ।

एकपछि अर्काे गीत सार्वजनिकसंगै उनले आफ्ना दर्शकमा उनका बारेमा जान्ने थप कौतूहलता र जिज्ञासा थप्दै आएकी छन् । यसरी गोप्य जीवन कायमका लागि गीत रेकर्डिङ्गका लागि स्टुडियो बाहेक लामो समयदेखि आफ्नै माइती समेत नपुगेकी गायिका माझी सरकारले दिने जनसेवाश्री पदक लिन जालिन् त? हाल यो सबैको अर्काे जिज्ञासाको विषय बनेको छ । खैर यसका लागि भने विभूषण र पदक वितरणको मिति वैशाख १ गते नै कुर्नुपर्ने हुन्छ ।