इटहरी– उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारलाई पारिवारिक शोक परेको छ ।


ADVERTISEMENT


उनका ७८ वर्षीय दाजु दीपनारायणको आफ्नै घर दुहवी–२ पचिरामा आज मृत्यु भएको हो । प्रजातन्त्रवादी योद्धा दीपनारायण केही वर्षदेखि दम रोगबाट पीडित थिए । उनका दुई छोरा छन् । स्व दीपनारायणको आजै जातीय परम्परानुसार भलुवा पचिरामा दाहसंस्कार गरिएको छ ।


ADVERTISEMENT

# # #


उनको पार्थिव शरीरमा काँग्रेसको झण्डा ओढाइएको थियो । उनीप्रति श्रद्धाञ्जलि दिन उपप्रधानमन्त्री विजयकुमारसँगै नेपाली काँग्रेसका नेता एवं समर्थकको सहभागिता थियो ।