काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले बजेटमा ल्याएको कुनै कार्यक्रम नहटाइएको दाकी गरेका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवनमा सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै शर्माले तीन प्रतिशत बजेट घटाउने बाहेक कुनै कार्यक्रम बजेटमा नहटाइएको दाबी गरेका हुन् । उनले भने, ‘कुनै पनि योजना काटेको पनि छैन, रोकेको पनि छैन । ३ प्रतिशत बजेट, त्यो पनि अलिकति राजश्व बढाएर त्यो बजेटको व्यवस्थापन गरेको बाहेक केही गरेको छैन ।’


ADVERTISEMENT

# # #


उहाले बजेटलाई संसदबाट अघि बढाउनका लागि प्रतिपक्षीसंग सहमतिको अधिकमत प्रयास गरिएको बताए । उनले प्रतिपक्षिसंग निरन्तर वार्ता सम्वादलाई निरन्तर दिदै निकास दिने सरकारको नीति रहेको धारणा राखे ।

त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई सूचारु गर्नका लागि प्रतिपक्षी दलको नेतासंग निरन्तर सम्वाद गरेको जानकारी दिए । उनले संसदलाई सहज रुपमा चल्नुपर्ने र यसलाई प्रभावकारी चलाउन सरकार पक्ष र प्रतिपक्षीको दायित्व भएको बताए ।