काठमाण्डौं – इटलीका पूर्व मिडफिल्डर आन्द्रे पिर्लोले न्यूयोर्क सिटीका लागि यस सिजनको आफ्नो अन्तिम खेलपछि फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय पिर्लोले इटलीका लागि ११६ क्याप जितेका छन् भने सन् २००६ को विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए ।इटलीयन क्लव ब्रेशियाबाट करिअर सुरु गरेका पिर्लोले इन्टर मिलान, एसी मिलान र युभेन्टस हुँदै दुई वर्ष पहिले मेजर सकर लिगको न्युयोर्क सिटीमा अनुबन्धित भएका थिए ।


ADVERTISEMENT


उनले भनेका छन् कि मेरो यात्रा न्युयोर्क सिटीका लागि मात्र सकिएको होइन, फुटबलबाटै बिश्राम लिने यो उपयुक्त समय हो ।ट्वीटरमा पोष्ट गरिएको बिज्ञप्तिमा लेखिएको छ कि ‘मलाई खेल्ने अवसर दिने सबै क्लवलाई धन्यबाल दिन चाहन्छु र हरेक टिममेट जोसँग मैले खेल्न पाएँ उनीहरुप्रति कृतज्ञ छु ।’


ADVERTISEMENT

# # #


पूर्व क्लव युभेन्टसले उनलाई एक ‘सच्चा प्रतिभा’को रुपमा बर्णन गरेको छ र, न्युयोर्क सिटीका म्यानेजर प्याट्रिक भिएराले भनेका छन् ‘सधैंका लागि फुटबल बदलिएको छ । इटलीका लागि सन् २००६ को विश्वकप जित्नुका अलामा २२ वर्षे फुटबल करिअरमा पिर्लोले धेरै घरेलु प्रतियोगिताहरु जितेका छन् ।

सन् २००३ देखि २०११ सम्म एसी मिलानमा रहँदा उनले एक पटक सिरी ए, दुई पटक च्याम्पियन्स लिग र एक पटक क्लव विश्वकपको उपाधी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै सन् २०११ देखि २०१५ सम्म चार वर्ष युभेन्टसले लगातार सिरी ए को उपाधि दिलाउँदा उनी टिमका प्रमुख खेलाडी थिए ।

सन् २०१५ मा उनी अमेरिकी लिग टोली न्युयोर्कमा आवद्ध भए जहाँ उनले इंग्लिस मिडफिल्डर फ्रयांक लाम्पार्ड र स्पेनिस स्ट्राइकर डेभिड भियासँगै खेले । उनले न्युयोर्कलाई दुवै सिजन प्लेअफसम्म पुर्‍याएका पिर्लोले करिअरको अन्तिममा ट्रफी भने जित्न सकेनन् ।