काठमाडौँ– नबिल बैंकअन्तर्गतको नबिल दिगो बैंकिङ आयोजना र नेपाल उद्योग परिसंघ–वुमन लिडरसीप फोरम(सीएनआई–डब्लूएलएफ) बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।


ADVERTISEMENT


यी दुई संस्थाले मंगलबार महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु एवम् उपलब्ध कर्जाबारेमा जानकारी गराएको थियो ।

यस्तै, कार्यक्रममा सीएनआई–डब्लूएलएफको संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलको प्रशंसा गर्दै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुर्‍याओस् भन्ने कामना गरेकी छन् । यसका साथै उनले वित्तिय पह्ँचसंगै वित्तिय साक्षरतालाई समेत अगाडि लैजान बैंकलाई सुझाइन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँआउँमा पुर्‍याएर उद्यमीहरुकोे सिर्जना गरी दिगोे विकासमा टेवा पुर्‍याउने लक्ष्य लिएको बताए ।

कार्यक्रममा दिगँे बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जाको बारेमा जानकारी दिएका थिए भने, साना तथा मझौला कर्जा अन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाकँे बारेमा साना तथा मझौला कर्जा÷लघुवित्त विभाग प्रमुख निरज कुमार बस्नेत डनिलले प्रकाश पारेका थिए ।

कार्यक्रमको समापन गर्दै बैंकका सञ्चालक एवम् सीएनआई–डब्लूएलएफको सदस्य समेत रहेकी आशा राणा अधिकारीले यस कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पुर्‍याउन सहयो गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा वभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुले समेत उपस्थिती जनाएका थिए ।

नबिलले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सयूक्त राष्ट्र संघको दिगोे विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गद दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रम अन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।