काठमाण्डौं-ब्राण्ड फाइनान्सले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ ।


ADVERTISEMENT

# # #


यो वर्षको सूचिमा गुगलले एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो । यी हुन् विश्वका सर्वाधिक मूल्यवान २५ टेक्नोलोजी ब्राण्डहरुः

-गुगलः ब्राण्ड भ्यालू १ खर्ब ९ अर्ब ४७ करोड डलर

-एप्पलः ब्राण्ड भ्यालू १ खर्ब ७ अर्ब १४ करोड डलर

-अमेजनः ब्राण्ड भ्यालू १ खर्ब ६ अर्ब ३९ करोड डलर

-एटी एण्ड टी टेलिकमः ब्राण्ड भ्यालू ८७ अर्ब १ करोड डलर

-माइक्रोसफ्टः ब्राण्ड भ्यालू ७६ अर्ब २६ करोड डलर

-सामसुङः ब्राण्ड भ्यालू ६६ अर्ब २१ करोड डलर

-भर्जन टेलिकमः ब्राण्ड भ्यालू ६५ अर्ब ८७ करोड डलर

-फेसबुकः ब्राण्ड भ्यालू ६१ अर्ब ९९ करोड डलर

-चाइना मोबाइल टेलिकमः ब्राण्ड भ्यालू ४६ अर्ब ७३ करोड डलर

-एनटीटी टेलिकमः ब्राण्ड भ्यालू ४० अर्ब ५४ करोड डलर

-ड्वेच टेलिकमः ब्राण्ड भ्यालू ३६ अर्ब ४३ करोड डलर

-आइबिएमः ब्राण्ड भ्यालू ३६ अर्ब ११ करोड डलर

-अलिबाबाः ब्राण्ड भ्यालू ३४ अर्ब ८५ करोड डलर

-एक्सफिनिटी टेलिकमः ब्राण्ड भ्यालू २६ अर्ब १८ करोड डलर

-ओरेकलः ब्राण्ड भ्यालू २५ अर्ब ८७ करोड डलर

-हुवावेः ब्राण्ड भ्यालू २५ अर्ब २३ करोड डलर

-टेन्सेन्टः ब्राण्ड भ्यालू २२ अर्ब २८ करोड डलर

-भोडाफोनः ब्राण्ड भ्यालू २१ अर्ब ८३ करोड डलर

-अरेन्ज टेलिकमः ब्राण्ड भ्यालू २१ अर्ब ५२ करोड डलर

-सिस्कोः ब्राण्ड भ्यालू २० अर्ब ७३ करोड डलर

-इन्टेलः ब्राण्ड भ्यालू २० अर्ब ३६ करोड डलर

-डेलः ब्राण्ड भ्यालू १८ अर्ब १८ करोड डलर

-चाइना टेलिकमः ब्राण्ड भ्यालू १७ अर्ब ५९ करोड डलर

-एसेन्चरः ब्राण्ड भ्यालू १७ अर्ब ४६ करोड डलर

-एयू टेलिकमः ब्राण्ड भ्यालू १६ अर्ब ९१ करोड डलर