काठमाडौँ – नेपालमा बुधबार थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ११ हजार ६७ पिसिआर परिक्षणका क्रममा १ हजार २ सय ५१ जना र २ हजार ८ सय ६३ एन्टीजेन परिक्षणका क्रममा २ सय २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७७ हजार ४ सय ३७ पुगेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ६ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५५ हजार ६ सय ३० संक्रमित निको भएका छन् ।

हाल नेपालमा २१ हजार १ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र २ सय ४३ जना क्वारेन्टाइनमा छन् ।