काठमाडौं –  पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालक  व्यवसायी दुर्गाप्रसाद प्रसाईंले सुदूरपश्चिमको धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका छन्।


ADVERTISEMENT


 बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईंले  मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमायस्तो बताएका हुन्।


ADVERTISEMENT

# # #


 सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएकोसमेत प्रसाईंले बताएका छन्। सो क्रममा सुदूरपश्चिममा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएको पनि उनले दावी गरे

 काठमाडौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले उनले स्पष्ट पारे । यस अघि झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा आएको समेत उनले बताए

झापामा सञ्चालनमा रहेको बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल दक्षिण पूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल भएकोले यो क्षेत्रका बिरामीको उपचारका लागि पनि आफ्नो अस्पताल भरपर्दो गन्तव्य हुने उनले दाबी गरे।

सो अवसरमा व्यवसायी प्रसाईंले अहिले पूर्वको विर्तामोडमा सञ्चालनमा रहेको वीएण्डसी अस्पतालमा उपचारका लागि जाने सुदूरपश्चिमका बिरामीहरूलाई उपचार खर्चमा २० प्रतिशत छुट दिईने घोषणा समेत गरे ।

उनले आफू अस्पतालसँगै होटेल क्षेत्रमा पनि आफ्नो लगानी र अनुभव भएकोले अस्पताल सञ्चालनका लागि सकारात्मक सहयोग र सद्भाव प्राप्त भए अन्य क्षेत्रमा पनि लगानी गर्न तयार रहेको बताए ।

अहिले अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको छ भन्दै उनले काम गर्ने र लगानी गर्ने वातावरण निर्माण भए ठूलो संख्यामा विदेशीने युवालाई रोक्न सकिने बताए ।

उनले देशमा लगानी मैत्री वातावरण बन्न नसक्दा युवा पलायन भइरहेको बताउँदै सुदूरपश्चिममा अस्पताल निर्माण र सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न आग्रह गरे ।